तस्वीर- ब्लूमबर्ग

अन्तर्राष्ट्रिय

पाकिस्तानमा विद्युतको अभाव, अघोषित लोडसेडिङ शुरु

By खबरहब

April 12, 2022

काठमाडौं– पाकिस्तानमा विद्युतको अभाव हुन थालेसँगै अघोषित लोडसेडिङ शुरु भएको छ । पाकिस्तानको एआरवाई टेलिभिजन च्यानलले जनाएअनुसार पाकिस्तानमा ५ हजार मेगावाट विद्युत अपुग छ ।

समाचारमा जनाइएअनुसार कोइला, ग्यास र तेलबाट सञ्चालन हुने केही उर्जा उत्पादन केन्द्रहरु बन्द गरिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा मात्रै ३ देखि १० घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ ।

लाहोर इलेक्ट्रिसिटी सप्लाई कम्पनी लिमिटेड लेस्को नामक उर्जा कम्पनीमा मात्रै १ हजार मेगावाट विद्युत अपुग छ । ४१ सय मेगावाट माग रहेपनि हाल ३१ सय मेगावाटको मात्रै आपूर्ति रहेको जनाइएको छ ।

केही आणविक ऊर्जाबाट चल्ने उर्जा केन्द्रले पनि क्षमता अनुसार विद्युत उत्पादन गर्न नसकेको एआरवाईको समाचारमा उल्लेख छ ।