तस्वीर- पिक्साबे

अन्तर्राष्ट्रिय

कानपुर आइआइटीका प्राध्यापकले पत्ता लगाए हड्डी पलाउने नयाँ प्रविधि

By खबरहब

April 12, 2022

काठमाडौं– भारतको कानपुरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटीका एकजना प्राध्यापकले क्षतिग्रस्त हड्डी फेरि पलाउने प्रविधिको विकास गरेका छन् ।

आइआइटीको बायोसाइन्स र बायोइन्जिनियरिङ विभागका प्राध्यापक अशोक कुमारले दुई रसायनको मिश्रणबाट नयाँ प्रविधिको विकास गरेको भारतबाट प्रकाशित हुने इण्डिया टुडे अनलाइनले जनाएको छ ।

दुई रसायनको पेस्टलाई शरीरको प्रभावित अंगमा लगाएको खण्डमा यसले हड्डी पलाउन सहयोग गर्ने जनाइएको छ ।

‘यसले प्राकृतिकजस्तै हड्डी बनाउँछ । भारतीय दृष्टिकोणबाट चिकित्साविज्ञानमा यसलाई क्रान्ति भन्न सकिन्छ ।’ प्राध्यापक कुमारलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएको छ ।

सेरामिकमा आधारित मिश्रणले बायोएक्टिभ मलिक्युल बाहकको रुपमा काम गर्ने र प्रयोग गरेको १५ मिनेटभित्र यस रसायन ठोस हुन्छ । 

यस रसायनले शरीरमा अक्सिजनको आपूर्ति र रक्तसञ्चारमा पनि कुनै असर नपार्ने जनाइएको छ ।