क्रिकेट

आईपीएल : राजस्थानमाथि दिल्लीको जित

By खबरहब

May 12, 2022

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थान दिल्लीसँग ८ विकेटले पराजित भएको हो। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेटको क्षतिमा भेट्टाएको थियो।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो। यो जितसँगै पाँचौ स्थानमा पुगेको दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ।

राजस्थान १२ खेल खेल्दा १४ अंकसहित तेस्रो स्थानमा छ। आईपीएलमा बिहीबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्।

लिग तालिकामा ८ अंकसहित चेन्नई पुछारबाट दोस्रो स्थानमा छ भने ४ अंकमात्र जोडेको मुम्बई तालिकाको अन्तिममा छ।