फाइल तस्वीर

अन्तर्राष्ट्रिय

इमरान खानले अर्थतन्त्र बिगारेको पाकिस्तानी आन्तरिक मामिला मन्त्रीको आरोप

By खबरहब

May 12, 2022

काठमाडौं– पूर्व प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको वर्तमान पाकिस्तानी आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।

पाकिस्तानी आन्तरिक मामिलामन्त्री राना सनाउल्लाहले इमरान खान र उनी नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पार्टी पीटीआईको शासनकालमा पाकिस्तानी अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका हुन् ।

इस्लाम खबरका अनुसार इमरान खान र पीटीआईले  पाकिस्तानका लागि महत्वपूर्ण ४ वर्ष खेर फालेको उनको आरोप छ ।

फैसलावाद शहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सनाउल्लाहले पीटीआईले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसकारण अस्थिरता उत्पन्न भएको आरोप समेत लगाए ।

इस्लामखबरका अनुसार उनले पीटीआईकै नीतिहरुका कारण पाकिस्तान भारी विदेशी ऋणमा डुबेको समेत बताए ।