तस्वीर- एनडीटीभी

अन्तर्राष्ट्रिय

भारतमा ८ हजार ५८२ जना कोरोना सङ्क्रमित थपिए

By रासस

June 12, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ५ सय ८२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।

यससँगै हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको शून्य दशमलब शून्य ६ प्रतिशत भएको जनाइएको छ ।

२४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८ दशमलब ७१ प्रतिशत रहेको छ ।

कोरोना महामारीको कारण भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन् । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।