फाइल फोटो

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

By खबरहब

July 12, 2022

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ।

हिजोको बैठकमा केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए।

उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए।

सोमबार सुरु भएको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ। पहिलो दिन केन्द्रिय सदस्यहरुले स्थानीय चुनावमा भएका कमिकमजोरी हटाएर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए।