फाइल तस्वीर

ब्रेकिङ स्टोरी

राष्ट्रिय सभाको बैठक बस्दै, यी ६ विधेयक पेश गरिने

By खबरहब

July 12, 2022

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९,  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ र खानेपानी तथा सरसफाइ विधेयक २०७६ उनले पेश गर्ने भएका छन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ’तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।