बलिउड/हलिउड

सलमान र शाहरुखको छिमेकी बने रणवीर 

By खबरहब

July 12, 2022

काठमाडौँ– बलिउडका एक्टर रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब १ सय १९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ) मा घर किनेका छन्। उनले किनेको नयाँ घर बलिउडका दुई स्टार सलमान खान र शाहरुख खानको घरसँगै छ । अर्थात रणवीर र दीपिका पादुकोण अब उनीहरूको छिमेकी बन्दैछन् । उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र ग्यालेक्सी अपार्टमेन्ट अर्थात् सलमान खानको निवासको बीचमा छ। 

ओह फाइभ ओह मिडिया वकर्स एलएलपीले रणवीरसँग बान्द्राको सागर रेशम नामको भव्य भवनका लागि पनि सम्झौता गरेको छ। यो १६, १७, १८ र १९ औं तल्लामा फैलिएको छ। रणवीरको यो अपार्टमेन्ट बान्द्राको बिजे रोड ब्यान्डस्टेशनमा छ।  उनको घर ११ हजार २ सय ६६ स्क्वायर फिटमा छ जसमा १ हजार ३ सय  स्क्वायर फिटको बार्दली र बगैँचा छ।