फाइल फोटो

ब्रेकिङ स्टोरी

उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन नै गर्नुपर्छ– गौतम (भिडियो)

By खबरहब

July 12, 2022

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको पद लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसद्को ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताएका हुन्।

उनले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाइ भएको दाबी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गरे। दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने उनको सुझाव छ ।

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराए।