समाचार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेट

By खबरहब

July 12, 2022

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ ।

भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीलगायतका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेस गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपाली नागरिकका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने र यदि यसमा केही सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले नै गर्ने बताए । साथै, उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेस भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाडै नै प्रक्रिया पूरा गरिदिने जानकारी गराए ।

यस कार्यक्रममा उपाध्यक्ष महेशकुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति थियो ।