राजनीति

सत्ता टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक दर्ता : सांसद दाहाल

By खबरहब

July 12, 2022

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेको आरोप लगाएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै दाहालले सरकारमा रहेका दलहरू आफैले यसअघि विरोध गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको र यो सत्ता र गठबन्धन टिकाउनका लागि मात्रै भएको आरोप लगाएका हुन् ।

 उक्त विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा बुझ्नुपर्ने जिकिर गरे । त्यस्तै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयकहरू अड्किएकाले विधेयकलाई हेर्ने अनुगमन, सुपरीवेक्षण र सुझाव समिति बनाउनुपर्ने प्रस्ताव गरे ।

दाहालले सरकारको बेवास्ताका कारण संसद्मा विधेयक र कानुनहरू अलपत्र परेकाले यसका कारण जनतालाई समस्या भएको तर्क गरे ।