मनोरञ्जन

फिल्म निर्माणमा नीर र तुलसी सहकार्य गर्दै 

By खबरहब

July 12, 2022

काठमाडौँ– पुराना फिल्मकर्मी निर्देशकद्वय नीर शाह र तुलसी घिमिरे नयाँ फिल्मको लागि सहकार्य गर्ने भएका छन् ।  तुलसीको निर्देशन र नीरको निर्माणमा फिल्म ‘कोही किन बर्बाद होस्’ बन्न लागेको हो ।

अडिसनमार्फत कलाकार चयन गरिने यो फिल्म उपन्यासकार विजय मल्लको २०१५ सालमा लेखेको नाटकमा बन्न लागेको हो । फिल्मलाई आउँदो महिना देखि मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा छायांकन गरिने तयारी निर्माण पक्षको छ । 

बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्व सम्झाउने यो नाटक नेपाली पाठकमाझ चर्चित छ । ध्रुव नामका एक बदमास विद्यार्थी, प्रिन्सिपल सुन्दर र शिक्षिका वरपर यो नाटक घुमेको छ ।