बलिउड/हलिउड

निर्देशक जफर इरानी सरकारद्वारा पक्राउ

By खबरहब

July 12, 2022

काठमाडौँ- इरानका चर्चित फिल्म निर्देशक जफर पनाहीलाई इरान सरकारले पक्राउ गरेको छ । उनले दुई जना छायांकारको पक्राउको विरोधमा हस्ताक्षर गरेपछि उनलाई सरकारले नियन्त्रणमा लिएको हो ।

सरकारले गरेको भ्रष्टाचार तथा बेथितिको विरुद्धमा आवाज उठाएपछि दुई छायांकार पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि पनाहीसँगै तीन सय फिल्मकर्मीले उनीहरूको रिहाइको माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए । यही कसुरमा सरकारले पनाहीलाई पक्राउ गरेको हो ।

गोल्डेन बियर विजेता फिल्म ‘ट्याक्सी’ तथा ‘दिस इज नट अ फिल्म’ जस्ता फिल्मका निर्देशक पनाही महान्यायाधीवक्ताको कार्यालय अगाडि भएको प्रदर्शनमा सहभागी भएको भन्दै सरकारले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छ । पनाहीलाई इरान सरकारले यसअघि पनि धेरै चोटि नियन्त्रणमा लिएको थियो ।

सरकारको सदा विरोधी रही आएका पनाहीलाई इरान सरकारले पहिले नै देशबाहिर जान पनि निषेध गरेको छ ।