फाइल फोटो

आर्थिक

आयकर बुझाउन राजश्व  विभागको ताकेता

By खबरहब

July 12, 2022

काठमाडौँ– आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।