प्रवास

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा 

By खबरहब

August 12, 2022

दोहा – साउदीमा अवैधानिक रुपमा बसेका थप ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट प्रक्रिया थालिएकामध्ये ९३ जनाको भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

एक्जिट भिसा लागेकाहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले अनुरोध गरेको छ।