समाचार

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

By खबरहब

August 12, 2022

तेह्रथुम – स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ। छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे ।

ईसिजी मेसिन एक थान मनिटर २ थान,अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान लगायतका सामग्री प्रदान गरिएको हो।

अस्पताल तथा स्वास्थ्य चौको माग अनुसार गाउँपालिकाले गरेको सिफारिसको आधारमा मन्त्रालयबाट सामग्री उपकरण तथा सामग्री व्यवस्थापन गरि हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।