तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि

By खबरहब

August 12, 2022

काठमाडौँ- दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या केही घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको बताइएको छ ।

दक्षिण कोरियामा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ ।