देश/प्रदेश

नेपाल–भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुर्पछ : पुष्पा भुषाल

By खबरहब

August 12, 2022

काठमाडौँ – उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजीत कार्यक्रममा उहाँले सामाजिक, सांस्कृतिक र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् ।

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने बताईन् ।

मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्बन्धबारे सो अवसरमा चर्चा गरेकी थिइन् ।