फाइल फोटो

ब्रेकिङ स्टोरी

सिट बाँडफाँड टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

By खबरहब

September 12, 2022

काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा आज सिट बाँडफाँड टुंग्याउने सहमति भएको थियो।

आज बिहान ८ बजे बैठक बस्ने तयारी छ। आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका थिए।

कार्यदलले गरेको रिपोर्टिङका आधारमा आजको छलफलमा सबै विषय टुंग्याउने तयारी छ।