तस्वीर- सिन्ह्वा

अन्तर्राष्ट्रिय

सिचुवान भूकम्प : मृतकको सङ्ख्या ९३ पुग्यो

By खबरहब

September 12, 2022

काठमाडौँ- चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।

चीनको उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी क्षेत्रमा ५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ ले जनाएको थियो ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा पनि महसुस गरिएको थियो ।