देश/प्रदेश

अमेरिकी राजदूत बेरीले गरे प्रधानसेनापतिसंग बिदाई भेट

By खबरहब

September 12, 2022

काठमाडौँ – अमेरिकाकी राजदूत र्‍यान्डी बेरीले प्रधानसेनापति प्रभुराम शर्मासंग बिदाई भेट गरेका छन् । राजदूत बेरीले आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सोमबार प्रधानसेनापतिसंग भद्रकालिस्थित सैनिक मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा प्रधान सेनापति शर्माले राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।