खेलकुद

साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

By खबरहब

September 12, 2022

काठमाडौं । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।

अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।