फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाका लागि देशभर ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

By खबरहब

October 12, 2022

काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ देशभर ८६७ जनाले स्वतन्त्र उम्मेदवारीदिएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् ।

१६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।