फाइल फोटो

खेलकुद

अन्तरविद्यालय बास्केटबल : इनोभेटिभ क्वाटरफाइनलमा

By खबरहब

November 12, 2022

काठमाडौँ – आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा इनोभेटिभ प्रवेश गरेको छ।

महिलातर्फको खेलमा इनोभेटिभले लोकआदर्शलाई ६–२ ले पराजित गर्‍यो। इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन्। दियाको ४ अंक सहयोगमा न्युभिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो। भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे। सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६–१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८–१६, हार्टल्यान्डले हेम्सलाई ३६–२९ र जेनिथले द एक्सेल्सियरलाई ३६–७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए।

पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे।