फाइल फोटो

राजनीति

मनिषा कोइरालालाई बाबुरामको जवाफ : राजतन्त्र फर्कँदैन

By खबरहब

November 12, 2022

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालातर्फ लक्षित गर्दै राजतन्त्र नफर्कने दाबी गरेका छन् ।

मनिसाले शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै हलोमा भोट हाल्न आग्रह गरेकी थिइन्। त्यसक्रममा उनले बीपीको राष्ट्रिय मेलमिलापको नीति अरुले बिर्से पनि राजेन्द्र लिङ्देनले उठाइरहेकोले आफू प्रभावित भएको बताएकी थिइन्।

त्यसैतर्फ लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन्।

‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्तत : फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो। अतः जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बरबाद नगरौं’, उनले भनेका छन्।