फाइल तस्वीर

राजनीति

‘देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

By खबरहब

November 12, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडेर मुलुक बन्न नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् । उनले गठबन्धन दलहरूले जनताको आखामा छारो हाल्न रंगिविरंगी घोषणापत्र छापेको बताए ।

ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उद्देश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको दाबी गरे । उनले बिनापूर्वाग्रह राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सही नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे । एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरि जनता तयार रहेको भन्दै एमालेको विरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाइने धारणा राखेका छन् ।

उनले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानून बमोजिम निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।