तस्वीर- जर्नल डु क्यामरुन

अन्तर्राष्ट्रिय

एकै वर्षमा क्यामरुनले भ्रष्टाचारबाट ४४ अर्ब फ्राङ्क गुमायो

By खबरहब

November 12, 2022

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब स्थानीय मुद्रा (एफ सीएफए/एक्सएएफ फ्राङ्क) अर्थात् ७ करोड अमेरिकी डलर गुमाएको त्यहाँको भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुन फ्राङ्कभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्वास्थ्य, शिक्षा, वित्त, सडक यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन् ।

‘भ्रष्टाचारका विरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन् तर हामीले हाम्रो रणनीतिलाई अगाडि बढाउन आवश्यक छ। यो सत्य हो कि भ्रष्टाचार विरुद्ध लड्न र सार्वजनिक कोषको व्यवस्थापन जाँच गर्ने सन्दर्भमा जनताले आफ्नो जिम्मेवारीप्रति सचेत भइरहेका छन् तर अधिकारीहरूले पनि त्यसका निम्ति काम गर्न आवश्यक छ आयोगका अध्यक्ष डाएउडोन मासी गाम्सले बताएका छन् ।