तस्वीर- एयू/यूएन

अन्तर्राष्ट्रिय

सोमाली सेनाको कारवाहीमा १२ लडाकु मारिए

By खबरहब

November 12, 2022

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको सेनाले मुलुकको मध्य क्षेत्रमा गरेको कारवाहीमा १२ लडाकु मारिएका छन् । शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा सेनाले गरेको प्रत्याक्रमणमा इस्लामिक लडाकु समूह अल–शबाबका १२ जना लडाकु मारिएका हुन् ।

सोमाली रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार हिरान क्षेत्रको बुर्दार भन्ने स्थानमा रहेको सैन्य शिविरमा आतङ्ककारीहरूले आक्रमण गर्नेबारे सेनाले पूर्वसूचना प्राप्त गरेको थियो । सोही आक्रमणलाई विफल बनाउन लडाकुविरुद्ध प्रत्याक्रमण गरिएको जनाइएको छ ।

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको प्रवक्ता अलीले सोमालियाको राष्ट्रिय समाचार संस्थालाई जानकारी दिएका छन् । हाल त्यस क्षेत्रमा आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ ।