फाइल फोटो

राजनीति

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला

By खबरहब

November 12, 2022

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायको भूमिका उल्लेखनीय भएको बताए।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता सिटौलाले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याएर सन्थाल समुदायको योगदानको सम्मान गरिनेसमेत बताए ।

‘सन्थाल समुदाय दोस्रो दर्जाको नगरिकको अवस्थाबाट मुक्त नभएसम्म समाजवादको अनुभूति हुँदैन’, उनले भने, ‘सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्छु ।’

आगामी निर्वाचनपछि बन्ने सरकारले सन्थाल समुदायका सबै पीडा र समस्या हल गरेरै छाड्ने प्रस्ट पारे । सम्बोधनकै क्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्नसमेत आह्वान गरे।