राजनीति

सञ्चारकर्मीले समृद्धिका लागि योगदान गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

By खबरहब

November 12, 2022

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्दै नेपाली समाजको समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको प्रथम वार्षिकोत्सवका अवसरमा आज पोखरामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उजले विगतमा पनि लोकतन्त्र र परिर्वतनका लागि सञ्चार क्षेत्रले राम्रो भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालको परिर्वतनको आन्दोलनमा सञ्चार क्षेत्रको भूमिका असाध्यै महत्वपूर्ण रहेको जगजाहेर छ । लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागिसमेत आगामी दिनमा सञ्चारकर्मीले नेतृत्वदायी भूमिका पूरा गरेर समृद्धिका लागि योगदान पु¥याउन आग्रह गर्दछु ।’

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा अग्रगमनकारी र परिर्वतनका पक्षधर शक्तिहरुको गठबन्धनले विजय प्राप्त गर्दा मात्र देशमा स्थिरता र विकास हुने उनले उल्लेख गरे ।