आर्थिक

तीन सयले घट्यो सुनको मूल्य

By खबरहब

December 12, 2022

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले घटेर एक लाख दुई सय कायम भएकाे छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले घटेर एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।