फाइल तस्वीर

राजनीति

कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक

By खबरहब

December 12, 2022

कर्णाली– कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ । चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीले बताए ।

‘आजको बैठकले प्रदेश सरकारको बजेट, कार्यक्रम तथा योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनेछ,’ उनले भने, ‘यसले दोस्रो तथा अन्तिम चौमासिकसम्म प्रदेश सरकारको लक्ष्यअनुसार तयार गरिएका समग्र योजना कार्यान्वयनको प्रभावकारिता, अनुगमन तथा निरीक्षण प्रक्रिया, जनशक्ति व्यवस्थापन र परिचालनमा सहयोग पुर्‍याउनेछ ।’

बैठकमा प्रदेश सरकारका विभागीय मन्त्री, प्रमुख सचिव, विभागीय सचिव र महाशाखा प्रमुखको सहभागिता रहेको जनाइएको छ ।