राजनीति

फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

By खबरहब

December 12, 2022

काठमाडौँ- सरकारले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्रै समेत अध्यादेशको विरोध भइरहेपनि सरकारले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्यकताअनुसार अध्यादेश पास गर्न लागेको बताए ।

अहिले मुलुकले स्थायित्व, शान्ति र सम्मृद्धि चाहेको र सोही अनुसार सरकारले काम गरिरहेको उनको भनाइ छ ।