सांकेतिक तस्बिर

अपराध

नक्कली नोटसहित एक जना पक्राउ

By खबरहब

December 12, 2022

काठमाडौं– प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रजेश गुप्ता रहेका छन् । धनगढी उपमहानगरपालिका-१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नौ थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जय श्री चण्डिका ट्रेडर्स एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो ।