देश/प्रदेश

जाजरकोट जिप दुर्घटना : मृतकको संख्या नौ पुग्यो

By खबरहब

December 12, 2022

जाजरकोट– जाजरकोटमा आज जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए ।

उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा  भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ