देश/प्रदेश

जाजरकोट दुर्घटनामा ११ जनाको मृत्यु, सबै मृतकको पहिचान खुल्यो

By खबरहब

December 12, 2022

काठमाडौँ- जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा छेडागाड ५ का दिपक अधिकारी, छेडागाड ५ कै नैनसरा अधिकारी, सोही स्थानका जैकुवरा बुढा, रामबहादुर बुढा, छेडागाड ६ का वीर बहादुर खत्री छन् ।

त्यसैगरी दैलेखको भगवती गाउँपालिका २ का अमर खड्का, भगवती २ कै मान बहादुर रावत, सोही स्थानका बिरेन्द्र केसी, छेडागाड ५ की देवीसरा बुढा, छेडागाड ५ कै अमर अधिकारी र सोही स्थानकी निषा अधिकारीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा छेडागाड ५ का जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।