तस्वीर- हिन्दुस्तान टाइम्स

अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्दै

By खबरहब

December 12, 2022

काठमाडौँ– जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्ने भएको छ । जम्मु कश्मीरको उधमपुरमा चेनानी तहसिल अन्तर्गत पर्ने मनतलाइ गाउँमा अन्तर्राष्ट्रियस्तरको योगशाला बन्न लागेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सो योगशालाका लागि भारत सरकारको पर्यटन मन्त्रालयले ९ हजार ७ सय ८२ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । हालसम्म ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको योगशालामा हेलिप्याड, स्विमिङ पुल, स्पा, क्याफे, व्यापारिक सम्मेलन केन्द्रजस्ता पूर्वाधार पनि रहेका छन् ।

कैलाशकुण्ड हिमनदीमा मुहान रहेको तावी नदीको किनारमा अवस्थित यस योगशालाले सो क्षेत्रको अध्यात्म पर्यटनमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।