सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर सल्यानमा ५० वर्षीय पुरुषको मृत्यु

By खबरहब

December 12, 2022

सल्यान – सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।