समाचार

युरोप र अमेरिकामा ‘डर लाग्दो’ कोभिड प्रक्षेपण

By मनोज घिमिरे

January 13, 2022

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले अबको ६ देखि ७ साताको बीचमा युरोपको आधा जनसङ्ख्या कोरोनाको ओम्रिकोन भेरियन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको छ ।

डब्लुएचओका डा. हान्स क्लग कोरोनाको पूर्वपश्चिम सुनामीले डेल्टालाई पार गर्दै अर्को ठूलो हुरी नै आएर बढारेको जस्तो भइरहेको प्रतिक्रिया दिएका छन् ।

२०२२ को पहिलो सातामा युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएको आधारमा यो प्रक्षेपण गरिएको हो । दुई साताको अन्तरालमा सङ्क्रमितको सङ्ख्या दुई गुणाभन्दा बढी भइसकेको छ । ‘अहिले ओम्रिकोन भेरियन्ट पूर्वपश्चिम लहर देखिएको छ । विगतमा डेल्टालाई व्यवस्थापन गर्दै आएका देशहरूलाई अहिले यसले समस्यामा पारेको छ,’ डा. क्लगले पत्रकार सम्मेलनमा भने ।

सिटलमा रहेको हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले त्यस क्षेत्रमा अबको ६ देखि ८ सातामा आधा मानिस सङ्क्रमित हुने भनेर गरेको प्रक्षेपणलाई नै उनले उद्धृत गरेका हुन् ।

पश्चिमा देशहरूमा यो भाइरस यसरी तीव्र गतिमा फैलँदा मध्य एसियाली राष्ट्रहरू पनि दबाबमा रहेको उनले बताए । महामारीको यो अवस्थालाई भ्याक्सिन वितरण, सामाजिक र आर्थिक अवस्था तथा स्वास्थ्य संयन्त्रमा कत्ति असर गर्छ हेर्न बाँकी छ । यो सङ्क्रामक स्ट्रेनकै कारण धेरै देशको स्वास्थ्य संयन्त्रमा असर गर्न थालिसकेको छ । बेलायतमा सोमबार १ लाख ४२ हजार २२४ जना सङ्क्रमित भए भने ७७ जनाको ज्यान गएको छ ।

कर्मचारीको अनुपस्थिति र ठूलो मात्रामा कोरोना बिरामीको चापका कारण धेरै अस्पताल अप्ठेरोमा पर्न थालेका छन् ।

अस्पतालको सङ्ख्या बढी रहे पनि अवस्था कुनै पनि देशमा त्यत्ति सहज छैन । फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभियर भेरानले जनवरी महिना अस्पतालका लागि सहज नभएको बताइसकेका छन् । उनले डेल्टाले आइसियु बेडकै आवश्यकता धेरै परेको तथा ओम्रिकोनका कारण अन्य बेडमै चाप बढेको बताएका छन् ।

पूर्वी युरोपको देश पोल्यान्डमा महामारी शुरु भए यता १ लाख जनाको ज्यान गई सकेको छ । यो संसारकै छैटौँ उच्च मृत्यु दर भएको देश हो । पोल्यान्डमा अझै पनि ४० प्रतिशतले भ्याक्सिन लगाएका छैनन् ।

रुसका स्वास्थ्य अधिकारी अन्ना पोपाभाले कोभिड टास्क फोर्सको बैठकले अहिले नै सावधानी नअपनाए अबको केही दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या १ लाख पार गर्ने बताएकी छन् । त्यहाँ गत नोभेम्बरमा सबैभन्दा पिकमा पुगेको समयमा ४१ हजार ३३५ दैनिक केस देखिए पनि अहिले त्यो भन्दा कम देखिएको छ ।

पोपोभाले हालै ओम्रिकोनको ३०५ केस देखा परको बताएकी छन् । रुसमा ३ लाख ११ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १ करोड ५० लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

ओम्रिकोनको व्यापक असरसँगै विश्व अर्थतन्त्रमा डिजिटल भर्चुअल पद्धतिले चाँडो प्रश्रय पाउने सम्भावना बढेको छ । अमेरिकामा ६२ प्रतिशतले दुवै डोज भ्याक्सिन लगाएका छन् । २३ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

फाइजरले मार्चमा ओम्रिकोनलाई लक्षित गर्दै भ्याक्सिनको नयाँ भर्सन ल्याउने जनाएका छन् । स्वास्थ्य अधिकारीले यो आवश्यक नपर्न पनि सक्ने जनाएका छन् ।

जोन हाप्किन्स विश्व विद्यालयको डाटा अनुसार अमेरिकामा एकै दिन १० लाखभन्दा बढी सङ्क्रमित पनि भेटिई सकेका छन् । कोरोनालाई रेस्पोन्स गर्ने सन्दर्भमा आलोचना खेपेका राष्ट्रपति जो वाइडेनले यसका बाबजुद विद्यालय खुला राख्ने निर्णय गरेका छन् । अमेरिकामा मर्नेको सङ्ख्यामा त्यसरी वृद्धि त भएको छैन । तथापि अस्पताल भर्ना हुनेको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ ।

डा. क्लगको चिन्ता भने भ्याक्सिनमा नै छ । उनले युरोपमा भ्याक्सिनमा आनाकानी गर्नेकै कारणले गम्भीर बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गई रहेको प्रतिक्रिया दिएका छन् ।

बुल्गेरियामा २८ प्रतिशतले मात्र पुरै डोज भ्याक्सिन लगाएका छन् । युरोपियन सेन्टर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार रोमानियामा ४०.५ प्रतिशतले दुवै डोल भ्याक्सिन लगाएका छन् । उनले भ्याक्सिन प्रतिको यो हिचकिचाहट नै समस्याको मुख्य कारण भएको बताएका छन् । डेनमार्कमा भ्याक्सिन लगाएको भन्दा न लगाएकाहरू अस्पताल भर्ना हुनु पर्ने सम्भावना ६ गुणा बढी छ ।

डा. क्लगले सबै देशले मास्कको बारे नीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् । अमेरिकामा हालै डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले केएन ९५ तथा एन ९५ मास्कलाई अनुमति दिएको छ ।

उनले कर्मचारी नै धेरै सङ्क्रमित भई सकेपछि विद्यालयले तालिकामा पुर्न विचार गर्नु पर्ने बताउँछन् । उनले विद्यालयमा भौतिक उपस्थिति र अनलाइन कक्षको उत्तिकै महत्त्व भएका कारण यसलाई अवस्था अनुसार निर्णय गर्न पनि सबै देशलाई अनुरोध गरेका छन् । तर, विद्यालय खुला गर्दा भेन्टिलेसन र मास्कका कुरालाई बढी ध्यान दिन भने आवश्यक नै छ ।

सबै देशले टेस्ट, क्वारेनटाइन र आइसोलेसनको अवस्थालाई पुर्न विचार गर्न आवश्यक रहेको पनि बताएका छन् ।

र्वल्डो मिटरको तथ्याङ्क अनुसार एसियामा एकै दिन ४ लाख ११ हजार भन्दा बढी सङ्क्रमण देखा परेको छ । एसियामा यो लहर नयाँ होइन । एक या दुई साताको अन्तरमा आँकडामा यसरी वृद्धि भएको हो । भारतमा मङ्गलवार एकै दिन १ लाख ८५ हजार पार गरेको छ ।

यो आँकडा सायद एक दिन पछि नै दुई लाख पार गर्न सक्ने छ । टर्की र फिलिपिन्सको अवस्था पनि बढ्दो छ । विगतमा कोरोना महामारीलाई नियन्त्रणमा राख्न सफल भियतनाम र थाइल्यान्डको अवस्था पनि त्यत्तिकै भयावह बन्दै आएको छ । इजरायल र लेबनानको अवस्था पनि त्यस्तै खराब छ ।

ओम्रिकोनले यसरी सताइ रहेको समयमा डेल्टा र ओम्रीकोनको मिश्रणको रूपमा नयाँ भेरियन्ट फेला परि सकेको छ ।

युनिभर्सिटी अफ साइप्रसका बाइलोजीकल साइन्सका प्राध्यापक तथा लेबोरेटरी अफ बायो टेक्नोलोजी तथा मोल्युक्युलर भाइरोलोजीका प्रमुख लियोन्डिस कोस्ट्रिकीसले यो भेरियन्ट पत्ता लागेको जानकारी दिएका हुन् । यी दुईका विशेषता मिश्रण भएका कारण यसको नाम डेल्टाक्रोन राखिएको छ ।

साइप्रसका २५ यस्ता केस पत्ता लागेका छन् । यसरी पत्ता लागेका केसमा अस्पताल भर्ना भएकाहरूमा समस्या देखिने थप चिन्ताको विषय बनेको छ । कोस्ट्रिकीस भने ओम्रिकोन एकदमै धेरै सङ्क्रामक भएका कारण यो स्ट्रेनले धेरै प्रभाव नजमाउने अनुमान गर्छन् । उनको विचारमा अबको केही समय ओम्रिकोन नै मुख्य भेरियन्ट बनेर बस्ने छ ।

अमेरिका र युरोपको यो अवस्था संसारका अन्य देशलाई समेत चिन्ताको विषय हो । कोरोनाबाट बच्नका लागि जति सावधानी अपनाउन आवश्यक छ, त्यत्तिकै मात्रामा अस्पतालको संरचना निर्माण गर्न तथा भ्याक्सिन वितरण गर्न र बुस्टर डोज दिनको विकल्प छैन ।

अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले सबै अमेरिकी नागरिक ओम्रिकोन भेरियन्टबाट सङ्क्रमित हुने सम्भावना बढेको बताएका छन् । यस कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या घटाउनका लागि तीव्र रूपमा भ्याक्सिन दिने तथा बुस्टर डोज दिने नै उपयुक्त बाटो भएकोमा उनले जोड दिएका छन् ।

ओम्रिकोनको व्यापक असरसँगै विश्व अर्थतन्त्रमा डिजिटल भर्चुअल पद्धतिले चाँडो प्रश्रय पाउने सम्भावना बढेको छ । अमेरिकामा ६२ प्रतिशतले दुवै डोज भ्याक्सिन लगाएका छन् । २३ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

डा. फाउसीले अत्यधिक व्यक्ति सङ्क्रमित हुने निश्चित भए पछि अस्पतालको अवस्था सुधार गर्न अति आवश्यक भएकोमा जोड दिएका छन् ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासनका प्रमुख डा. जानेट उडकुक पनि अमेरिकाको यसै नीति रहे सबै जना सङ्क्रमित सम्भावना बढेको कुरा स्वीकार गर्छन् ।

मङ्गलबार अस्पताल भर्ना हुनेको सङ्ख्या अहिलेसम्मकै बढी भइसकेको छ । अहिले अमेरिकामा १ लाख ४५ हजार ९०० अस्पतालमा उपचार गराइ रहेका छन् । सन् २०२१ को जनवरीको मध्यमा १ लाख ४२ हजार २४६ जना अस्पतालमा भर्ना थिए ।

गत साता दैनिक ७ लाख ५४ हजार २ सय जनाकोदरले अमेरिकामा सङ्क्रमण देखिएको थियो । अहिले अस्पतालमा कर्मचारी समेत सङ्क्रमित भएर घरमा बस्न परे पछि समस्या निम्ति रहेको छ ।

अमेरिका र युरोपको यो अवस्था संसारका अन्य देशलाई समेत चिन्ताको विषय हो । कोरोनाबाट बच्नका लागि जति सावधानी अपनाउन आवश्यक छ, त्यत्तिकै मात्रामा अस्पतालको संरचना निर्माण गर्न तथा भ्याक्सिन वितरण गर्न र बुस्टर डोज दिनको विकल्प छैन ।

एजेन्सीहरूको सहयोगमा