अपराध

१७ वर्षपछि साउदीबाट पक्राउ परे गोविन्द

By खबरहब

January 13, 2022

काठमाडौं– उदयपुरको बेलका नगरपालिका–६ बस्ने ४० वर्षीय गोविन्द मगर १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई साउदी अरबबाट बुधबार नेपाल ल्याइएको छ ।

मगरले २०६१ मंसीर १३ गते मानबहादुर तामाङको हत्या गरेका थिए । उनलाई यही कसुरमा जिल्ला अदालत उदयपुरले पक्राउ अनुमति दिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएका टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।

मगरमाथि २०७७ माघ २६ गते रेड नोटिस जारी गरिएको थियो । उनलाई आवश्यक कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।