अस्ट्रेलिया / ओसिनिया

अस्ट्रेलियामा बढ्यो कोभिड संक्रमण

By खबरहब

January 13, 2022

काठमाडौँ– अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ ।

कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो ।

संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।