आर्थिक

सीसीटीभी जडान गर्न मेगा बैंकको सहयोग

By खबरहब

January 13, 2022

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सीइओ खुञ्जेलीले बताए ।