फाइल फोटो

मुख्य समाचार

प्रधानन्यायाधीश प्रकरण : रोकिएन बारको आन्दोलन

By खबरहब

February 13, 2022

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतबार भौतिक उपस्थितीमै पुनः आन्दोलन गर्ने भएको हो  ।

‘फागुन १ गते देखी बिहान ११ बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रूपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएसनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।