फाइल फोटो

राजनीति

एमसीसीविरुद्ध नियोजित रुपमा भ्रम फैल्याइयो : प्रकाशशरण महत

By खबरहब

February 13, 2022

चितवन – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन्।

शारदानगर जेसिजको २२औं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै महतले एमसीसीबारे प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेकोमा जोड दिए।

एमसीसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने प्रष्टीकरण दिए। एमसीसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले दाबी गरे।

प्रवक्ता महतले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको आरोप लगाए।

नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनले बताएका छन्।