मुख्य समाचार

सभामुखबाट सर्वदलीय बैठक आह्वान

By खबरहब

February 13, 2022

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

साथै, बैठकमा एमसीसी सदनमा पेश गर्ने सरकारको तयारी, संसदमा प्रमुख प्रतिपक्षी दल एमाले अवरोधलगायत विषयमा पनि छलफल हुनेछ ।