समाचार

महाकाली नदीबाट महिलाको उद्धार

By खबरहब

February 13, 2022

दार्चुला– दार्चुलाको खलंगास्थित महाकाली नदीमा फसेकी महिलाको उद्धार गरिएको छ ।

आइतबार बिहान महाकाली नदी किनारमा बालुवा निकाल्न गएकी स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो ।

बगाउँदै गदाँ नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड बीच नदीमा अड्किएकी थिइन् ।

प्रहरीले महिलाको सकुशल उद्धार गरेको छ । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।