मुख्य समाचार

ओलीबाट दायर रिटको सुनुवाइ छिटो गर्न सर्वोच्चको आदेश

By खबरहब

February 13, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले दिएको मुद्दाको सुनुवाइ अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले ओलीले दायर गरेको रिटको पेशी तोकेर सुनुवाइ छिट्टै अघि बढाउन आदेश दिएको हो ।

संवेदनशीलताका दृष्टिले यो रिटको छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको आदेशमा भनिएको छ ।

ओलीबाट दायर दुई वटा रिट विचाराधीन छन् ।

पार्टीले १४ सांसदलाई कारबाही गरेको निर्णयलाई बेवास्ता गर्दै नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर ओलीले रिट दिएका थिए ।

यसका साथै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धो रिट पनि विचाराधीन छ ।