मुख्य समाचार

नेपाली काँग्रेसको बैठक मंगलबार पनि बस्ने

By खबरहब

February 13, 2022

काठमाडौँ– केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पनि जारी रहने नेपाली काँग्रेसले जनाएको छ ।

बैठक ३ फागुन मंगलबार बस्ने गरी आइतबारको बैठक स्थगित भएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।

समितिको आइतबारको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, सदस्यहरू

विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउँदले धारणा राखेका थिए ।

बैठकमा एमसीसी, स्थानीय चुनावलगायत विषयमा छलफल हुँदै आएको छ । बैठक माघ २७ गतेदेखि जारी छ ।