प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय (भिडियोसहित)

By खबरहब

February 13, 2022

काठमाडौँ– नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भएको निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौँ ।’