आर्थिक

गोरखाको बिरुवाटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन

By खबरहब

February 13, 2022

गोरखा– गोरखाको बिरुवाटारमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ । आइतबार पालुङ्गटार नगरपालिका–७ बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको हो ।

बैँकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको ४९ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् ।

बैंकले ७६ वटा जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।